१६ घण्टासम्म पीपीईले बाफिन्छन् स्वास्थ्यकर्मी

अनलाइनखबर

काठमाडौँ

प्रेम लामा

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डा. विनोद प्याकुरेलको हात्केला चाउरी परेको र पटपटी फुटेको जस्तो देखिन्छ ।

उनले हत्केला प्रयोग हुने कुनै शारीरिक परिश्रम गरेर हातको स्वरुप बिग्रेको होइन, दैनिक १६ घण्टाभन्दा बढी समय पञ्जा (ग्लोब्स) लगाउँदा हात यस्तो भएको हो । लगातार पञ्जा लगाउँदा हात बाफिएको उनी बताउँछन् ।

डा. प्याकुरेलको हातमात्रै होइन फेस सिल्डका कारण अनुहार अगाडिको भाग र पीपीईका कारण शरीरका अन्य भागमा समेत यस्तो असर देखिएको छ ।

लगातार सात दिनसम्म उनी दैनिक १६ घण्टाभन्दा बढी खटिए । भोक, प्यास, निद्रा नभनी संक्रमितको उपचारमा खटिँदा अहिले उनी आफैं संक्रमित पनि भएका छन् । मंगलबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएका उनी काम गर्दा गर्दै आफू कतिखेर संक्रमित भएँ भन्ने कुरा अनुमान गर्न सक्दैनन् । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालले सात/सात दिनको पालो लगाएर चिकित्सकलाई संक्रमितको उपचारमा खटाउने गरेको छ । डा. प्याकुरेल कोभिड आइसोलेसन वार्डमा खटिँदा पाँच जनामात्रै संक्रमित उपचाररत थिए । तर तीन/चार दिनमै संक्रमितले सबै कोभिड वार्ड भरिएपछि भने उपचारमा कठिन बन्दै गएको उनी सम्झन्छन् ।

प्रकाशित मिति: : 2021-04-27 21:46:00

प्रतिकृया दिनुहोस्