माथिल्लो तामाकोशीको शेयरमा सकारात्मक सर्किट

Symbolic photo
Symbolic photo

आइतबार र सोमबार उच्च अङ्कले घटेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ९२.४६ बिन्दुले बढेको छ। 

उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो। माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो । लगानीकर्ताले आजको वृद्धिलाई ‘बाउन्स ब्याक’ को संज्ञा दिएका छन्। 

नेप्से दुई हजार ५९९.०७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अङ्कले वृद्धि भई ४६७.२८ मा पुगेको छ। 

कूल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार २१९ कित्ता शेयर रु पाँच अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए। 

जीवन बीमा ५५८.६३, निर्जीवन बीमा उपसमूह ५४३.२७ अङ्कले वृद्धि हुँदा कारोवार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो। कारोवारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो। 

महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए। आइसिएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आइएमई बैंकको ऋणपत्र १.८७, एसबिएल ऋणपत्र १.७५ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले  १.११ प्रतिशतले गुमाए। रासस 

प्रकाशित मिति: : 2021-04-27 18:44:00

प्रतिकृया दिनुहोस्