राष्ट्रपति रनिङ शिल्ड उपाधि भूमेले जित्यो 

बिएल संवाददाता

पूर्वी–रुकुम

लुम्बिनी प्रदेश– रुकुम पूर्वकाे १२ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि भूमे गाउँपालिकाले जितेको छ।

जिल्ला खेलकुद विकास समितिकाे आयोजनामा रनिङ शिल्ड वैशाख ६ गतेदेखि ९ गते सम्म सञ्चालन भएको थियो।

कुल ६१ स्वर्ण ३३ रजत र २० कास्य पदक सहित भूमे गाउँपालिकाले प्रथम स्थान हात पारेको गाउँपालिकाले जनाएकाे छ।

त्यस्तै १३ स्वर्ण २२ रजत र ४१ कास्य पदक जितेर सिस्ने गाउँपालिका दोस्रो भएको छ भने १९ रजत र १३ कास्य पदक सहित पुथाउत्तरगंगा गाउँपालिकाले तेस्रो स्थान हात पारेको छ।

भूमे गाउँपालिका- १, सिद्धचौर मावि लुकुममा ४ दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका तीनै वटा स्थानीय तह– सिस्ने गाउँपालिका, पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाका विद्यालयहरुले भाग लिएकाे जिल्ला खेलकुद विकास समितिले बताएकाे छ।

पूर्व मन्त्री तथा प्रतिनिनिधि सभाका सदस्य कमला रोकाले रनिङ शिल्डको  उद्घाटन गरेका थिए। उद्घाटन समाराेहमा पूर्वखेलकुद मान्त्री दलजित सिर्पाली, लुम्बिनी प्रदेशसभा सदस्य तेज वहादुर ओली लगाएतकाे सहभागीता रहेकाे थियाे। 

रनिङ शिल्डकाे समापन कार्यक्रममा प्रमुख अतिथि भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले बिजेता खेलाडीहरूलाइ ट्रफी, प्रमाण–पत्रसिहत नगदले सम्मान गरेकी थिइन्।

प्रकाशित मिति: : 2021-04-27 17:33:00

प्रतिकृया दिनुहोस्