कोरोनाको चपेटामा गर्भवती, अस्पतालमै असुरक्षित छन् आमाहरू

शिलापत्र

काठमाडौं

नागार्जुनकी २७ वर्षीया शान्तामाया महर्जन आउँदो जेठमा आमा बन्दै छिन् । आमा बन्ने महर्जनको उत्साहलाई हिजोआज भने कहिले डर त कहिले अन्योलले बिथोल्न थालेको छ । कारण हो- कोरोनाको दोस्रो लहर ।

सोमबार नियमित मासिक परीक्षणका लागि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल आइपुगेकी महर्जन केही अन्योलमिश्रित डरमा देखिन्थिन् । अस्पतालको भीड छिचोल्दै ओपीडीको बाटो खोजिरहेकी महर्जनले लामो सुस्केरा हाल्दै भनिन्, ‘अस्पतालको भीड देखेरै अत्तालिन्छु म त ! तर, जचाउनैका लागि पनि अस्पताल त आउनैपर्‍यो ।’

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सशंकित हुने महर्जन एक्ली पात्र होइनन् । गर्भवती हुँदा लगाइने दोस्रो मात्राको टिटानस खोप लगाउन अस्पताल जाने कि नजाने भन्ने अन्योलमा छिन्, चाबहिलकी २६ वर्षीया जानकी शर्मा । शर्मा भन्छिन्, ‘अस्पताल जाऊँ भने कोरोना सर्ला भन्ने पिर नजाऊँ भने केही होला कि भन्ने डर !’

अस्पताल नै भीडभाड र कोरोनाको हटस्पट बनिरहेको यस बखतमा गर्भवती एवम् सुत्केरीहरूको यस किसिमको डर कत्तिको जायज हो त ?

प्रकाशित मिति: : 2021-04-27 16:01:00

प्रतिकृया दिनुहोस्