भरतपुरमा खुल्यो 'समिटर कोरियन रेष्टुराँ'

चितवनमा कोरियन खानाका पारखी र परिकार स्वाद लिन चाहनेहरुका लागि कोरियन रेष्टुराँ खुलेको छ। चितवनको पदमपुर अबस्थित मुनाल एण्ड मयुर रिसोर्टमा 'समिटर कोरियन रेष्टुराँ' खुलेको हो।

उक्त रेष्टुराँमा नेपाली, चिनिया, भारतीयसहित कन्टिनेन्टल परिकारका खानाको स्वाद पाउन सकिन्छ। साथै रेष्टुराँमा याक बर्गर, याक सिजलर, यार्सागुम्बा सुप, भिरमौरीको मह हिमाली परिकारहरू समेत पाइन्छ। फापरको ढिंडो र रोटी सेट, स्याउको रक्सी तथा वाइन, यार्सागुम्बाको रक्सी तथा फलफुलको जुस पनि पाइन्छ।

रेष्टुराँ भरतपुरस्थित बाइपास रोडको विशाल चोकबाट ६.५ किलोमिटर दूरी छ।  सामगेपसाल, विविम बाप, बुल गोगीसहितका परिकार पाइन्छ। साथै कोरियाको परम्परागत रक्सी सोजु र छ्याङ पनि पाइन्छ।

उद्घाटनमा कालिका नगर पालिकाका मेयर खुमनारायण श्रेष्ठले खुशी व्यक्त गर्दै कोरियन रेष्टुराँलाइ शुभकामना दिएका थिए।

कोरिएन खाना पकाउने सीप कोरियन खाना विशेषज्ञ विजय योञ्जनबाट कर्मचारीलाइ तालिम दिएका थिए।

मनास्लु क्षेत्रका पर्यटनकर्मी लाक्पाढुण्डुप लामासहित चितवनका राजिन्द्र महतो र सुशिल चौधरीले सञ्चालन गरेको 'मुनाल एण्ड मयुर रिसोर्ट' मा 'समिटर कोरियन रेष्टुराँ' खोलेको हो। कोरियनसंगै नेपाली, चिनियाँ र कन्टिनेन्टल खानाको परिकार पनि पाइन्छ।

प्रकाशित मिति: : 2021-04-26 13:09:00

प्रतिकृया दिनुहोस्