माछा पकाएर खाएपछि झाडापखाला, दिदीबहिनीको ज्यान गयो

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ।

शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।  

प्रकाशित मिति: : 2021-04-26 08:36:00

प्रतिकृया दिनुहोस्