जति नै सुकै सभ्य र आधुनिकतातर्फ उन्मुख समाज भए पनि जबसम्म मानिसको सोच परिवर्तन हुँदैन तबसम्म सायद धेरै नारीहरू होलान् रहर भन्दा पनि बाध्यताको सिकार भएका।
मानिसको सबैको आ-आफ्नो सपना हुन्छ मेरो पनि सरकारी जागिर एउटा सपना थियो। माहोल, पारिवारिक वातावरण त्यही भएर होला मलाई सानैदेखि यसमा रस थियो।
स्नातकोत्तरको अध्ययनपश्चात मैले लोकसेवाको पहिलो पटक अधिकृतको जाँच दिएँ, म सफल भइनँ। सायद पढाइ नपुगेर या कच्चापन मेरो नाम निक्लेन। त्यसपछि नानी भइन्। २।३ वर्षसम्म पढ्न समय भएन। नानी बिरामी भइराख्थिन्। श्रीमान-श्रीमतीको बसाइ। हेर्दिने कोही थिएन। श्रीमान सधैं व्यस्त। दु:ख सुख नानी हुर्कंदै थिइन्।