०७२ को भूकम्पका ७२ महिना, पुनर्निर्माण उत्तरार्द्धमा

०७२ को भूकम्पले भत्काएको धरहरा ६ वर्षमा बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहराको उद्घाटन गरेका छन् । १२ पुस ०७५ मा ओलीले नै धरहराको शिलान्यास गरेका थिए। 

प्रधानमन्त्री ओलीले नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको धरहरा निर्माण सम्पन्न हुँदा खुसी अनुभव भएको सुनाए। इतिहाससँग जोडिएको ऐतिहासिक स्थल पुनर्निर्माण हुनु देशकै लागि गौरवको विषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औँ तलामा आएको छ, यो काठमाडौं र नेपालको परिचयका रूपमा विश्वमा चिनिनेछ,’ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित मिति: : 2021-04-25 06:21:00

प्रतिकृया दिनुहोस्