धरहरा उभियो, स्वास्थ्य मापदण्ड मिचियो

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। धरहरा निर्माण परिसरमा आयोजित कार्यक्रममा ओलीले अब धरहरा कहिलै नढल्ने भन्दै सबैलाई दिपावली गर्न आग्रह समेत गरे।

सम्बन्धित समाचार : धरहरा उद्घाटन भएको खुसीयालीमा दीपावली गर्न काठमाडौंबासीलाई प्रधानमन्त्रीको आह्वान

हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढ्दै जाँदा सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर, सरकारी पक्षबाट नै आफ्नो निर्देशनको पालना भएको छैन।

सयौं मानिसको उपस्थितिमा धरहरा उभिएकोमा गर्व भएको भन्दै प्रधानमन्त्रीले भनिरहँदा कोरोना संक्रमणका लागि स्वास्थ्य मापदण्ड उल्लंघन भयो।

प्रकाशित मिति: : 2021-04-24 17:22:00

प्रतिकृया दिनुहोस्