नेपालमा होला तेस्रो जनआन्दोलन ?

लोकान्तर

काठमाडाैं

सिंहदरबार कब्जा गर्ने उद्देश्यसहित माओवादीले २०६७ वैशाखमा काठमाडौंमा आयोजना गरेको आमहड्ताल असफल भएपछि एक कार्यक्रममा माओवादी नेता देव गुरुङले भनेका थिए, ‘अब नेपालमा ५० वर्ष क्रान्ति हुँदैन।’

सिंहदरबार घेराउको त्यो आन्दोलनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो जनआन्दोलनको संज्ञा दिएका थिए। २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीका नेता सीपी गजुरेलले ‘गोलमेच सम्मेलन’ स्वीकार नगरिए तेस्रो जनआन्दोलन शुरू गर्ने चेतावनी दिए।

२०७५ फागुन १९ गते हेटौंडामा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पनि तेस्रो जनआन्दोलनको धम्की दिएका थिए। ‘सरकारले हामीलाई कमजोर नठानोस्, जायज मागहरूको बेवास्ता गरिए तेस्रो जनआन्दोलन हुन्छ, नेपाललाई सनातन हिन्दूराज्य बनाउन हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौं,’ राप्रपाले आयोजना गरेको मेची–महाकाली स्वाभिमान कार्यक्रममा थापाले भनेका थिए।

उसो त उनै थापाले दोस्रो संविधानसभा निर्वाचनअघि विराटनगरमा रथयात्रा कार्यक्रममा तेस्रो जनआन्दोलन शुरू गरेका थिए। दोस्रो जनआन्दोलनको समयमा थापा शाही सरकारको गृहमन्त्री थिए। 

प्रकाशित मिति: : 2021-04-24 12:14:00

प्रतिकृया दिनुहोस्