भारतमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै चुनावी सभामा प्रतिबन्ध

Photo : BBC
Photo : BBC

कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको छ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएको यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो।

भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध चुनाव हुँदैछ। निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ।

देश सङ्क्रमणको कठोर मारमा परेका देखिएका बेला भइरहेका त्यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्रीको समेत चर्को आलोचना भइरहेको छ।

प्रकाशित मिति: : 2021-04-23 14:29:00

प्रतिकृया दिनुहोस्