ओली–नेपाल आआफ्नै अडानमा

विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउने कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ। बुधबारको भेटघाटलाई बिहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन।  

बुधबार दुवै नेता लचिलो देखिए पनि बिहीबार बिहानैदेखि वातावरण बिग्रिएपछि दिउँसोको वार्ता फलदायी हुन नसकेको हो। बुधबार ओलीसँग नेपालले २०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काएर सबैलाई समेट्ने वातावरण तयार गर्न, माओवादीबाट आएका नेताको व्यवस्थापनका लागि वातावरण बनाउन र भेटघाटलाई निरन्तरता दिन प्रस्ताव राखेका थिए।

ओलीले पनि जेठ २ को अवस्थामा फर्कन आफू तयार भएको संकेत गरेका थिए। त्यसपछि उनीहरूबीच बिहीबार पनि छलफल गर्ने योजना बनेको थियो। तर बिहीबार बिहान ओलीले माधव नेपालले पार्टी विभाजन गरिसकेको, अर्को पार्टी खोलेर हिँड्दा पनि आफूले सम्झाइबुझाइ गरेको जस्ता अभिव्यक्ति दिएपछि वातावरण बिग्रिन पुग्यो।

प्रकाशित मिति: : 2021-04-23 07:06:00

प्रतिकृया दिनुहोस्