एकताको एक वर्षमै जसपा विभाजनउन्मुख, संसदीय दलको माइन्युट उपेन्द्र यादवको कब्जामा !

लोकान्तर

काठमाडाैं

अजय अनुरागी

एकता भएको एक वर्षमै जनता समाजवादी पार्टी (जसपा) फूटको दिशातर्फ अग्रसर भएको छ।

यहाँसम्म कि पार्टीका एक अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको माइन्युट नै आफ्नो कब्जामा लिएका छन् ।

खासगरी सत्ता समीकरणको विषयमा जसपा दुई धारमा विभाजित छ ।  

तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर एक वर्षअघि वैशाख १० गते मध्यराति जसपा गठनको घोषणा गरिएको थियो ।

घोषणाको हिसाबले भोलि शुक्रवार जसपा एक वर्षको हुँदैछ । एकताको आधिकारिक पत्र वैशाख ११ गते निर्वाचन आयोगमा दर्ता गराइएको थियो । 

तत्कालीन सपा विभाजन हुन लागेका बेला दबाबमा आएका उपेन्द्र यादवले राजपासँग रातारात हतारमा एकता गरेका थिए ।

सपाका केही सांसदले पार्टी विभाजन गर्ने र ओली सरकारलाई साथ दिने तयारी गरिरहेको सूचना बाहिरिएपछि यादवले पार्टी जोगाउनका लागि रातारात राजपासँग एकता गरेका थिए ।

तर, एकता भएको पहिलो वार्षिकोत्सव मनाउनुपर्ने समयमा पार्टी दुई धारमा विभाजित भएर कुनै पनि दिन औपचारिक रूपमा नै फूटको घोषणा हुन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति: : 2021-04-22 17:46:00

प्रतिकृया दिनुहोस्