इल्याको जीवनका इनिङ्स : अब कलम रोकिने छैन...

पहिलोपोष्ट

काठमाडाैं

स्वेच्छा राउत

पोखरा, सराङकोट। पालैपालो डाँडा छाडेर उडिरहेका थिए प्याराग्लाइडरहरू। उडेको केहीबेरमा आउने आवाज उल्‍लासमय सुनिएको थियो। सबैको ध्यान खिच्ने। साहस र रोमाञ्चको त्यो माहोललाई मुन्टो केही माथि उठाएर हेरिरहेकी थिइन्, इल्या भट्टराई। आँखामा परेको घाम छेक्न देब्रे हत्केलालाई थाप्लोमा राखेकी थिइन् उनले। ओठको हाँसो भने केहीले छेकेको थिएन, दङ्ग देखिन्थिन् उनी।

'चराहरू पनि स्वतन्त्र हुनुको खुशी यसरी नै मनाउँछन् होला है?,' उनले आकस्मात् राखेको प्रश्नको जवाफ थिएन, नजिकै उभिएको कोहीसँग पनि। उनले पनि कोही बोल्लान् भन्ने नपर्खिइ वाक्य पूरा गरिन्,'यस पटक म पनि त्यस्तै स्वतन्त्रताको अनुभूति बटुल्न आएकी हुँ।'

उनी यतिबेला तिनै महिला पात्र जस्तै लाग्छिन् जसलाई उनले आफ्नो कथामा स्थापित गरेकी छिन्। उनी ती पात्र जस्तै देखिइन् जो एकदिनको लागि आफ्नो उन्मुक्तिको उत्सव मनाउँछिन्। उनको सराङकोटको उपस्थितिले त्यही कथाको ब्याख्या गरे झै देखियो -

प्रकाशित मिति: : 2021-04-22 17:27:00

प्रतिकृया दिनुहोस्