कर्णालीमा वैशाखमा पनि हिउँ पर्‍याे (फाेटाे फिचर)

साविककाे कर्णाली अञ्चलमा हिमपात भएकाे छ।

साेमबारबाट सुरु भएकाे बर्षात पछि चिसाे अत्यधिक बढेर हिमपात भएकाे हाे।

कर्णालीका हुम्ला र डाेल्पामा सदरमुकाममै हिउँ परेकाे छ भने जुम्लाका उच्च भूभागमा हिउँ परेकाे छ।

हिमपात पछि चिसाे बढेकाे डाेल्पाबाट लेखक प्रेम बहादुर बाेहेराेले जानकारी दिए।

उच्च हिमाली जिल्लामा स्थानीय वायुकाे प्रभावले बर्षाद पछि हिमपात भएको जल तथा माैसम विज्ञान पूर्वानुमान माहासाखाकी माैसमविद् गंगा नगरकाेटीले बताइन्।

'स्थानीय वायुकाे प्रभावले बर्षात र चट्याङ परेकाे छ,' उनले भनिन् 'साेमबार रातिबाट पश्चिमी वायु सक्रिय भएपछि बर्षात पछि हिमपात भएकाे हाे।'

प्रकाशित मिति: : 2021-04-22 10:41:00

प्रतिकृया दिनुहोस्