लुम्बिनीमा जसपाको ‘नौटंकी’ले काठमाडौंमा तरंग

रातोपाटी

काठमाडौं

पछिल्लो समय नेपाली राजनीतिमा इमान, जमान र नैतिकताको खडेरी पर्न थालेको छ।

सिंहदरबारमा माओवादी नेता बादल, टोपबहादुर लगायतले मन्त्री पदका लागि पार्टी फेरेर अनैतिक राजनीतिको शुरुवात गरे।

कर्णालीमा फ्लोर क्रस गरेर एमाले सांसदहरुले अर्को अनैतिकता प्रस्तुत गरे। यही सिलसिलालाई निरन्तरता दिँदै सोमबार लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का ४ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री पद पड्काएर अर्को कीर्तिमानी खडा गरे।

लुम्बिनी प्रदेशमा देखिएको जसपाको नौटंकीको असर काठमाडौंमा रहेका जसपाका शीर्ष नेताहरूमाथि परेको छ। केन्द्रबाटै दुईखाले निर्देशन गएका कारण जसपाको प्रदेश कमिटीमा थप दरार उत्पन्न भएको छ।

प्रकाशित मिति: : 2021-04-21 12:05:00

प्रतिकृया दिनुहोस्