'लुट' का छायाकार पुरुषोत्तम भन्छन्- म आफैंले नाम लिने काम गर्न बाँकी नै छ

सेतोपाटी

काठमाडौँ

'पुरु दाइ' नामले चिनिने पुरुषोत्तम प्रधान फिल्म क्षेत्र प्रवेश गर्दा सबैका 'फुच्चे भाइ' थिए।

१७ वर्षको उमेरदेखि स–साना भूमिका निर्वाह गरेका उनले सहायकका रूपमा गर्नुपर्ने सबैजसो काम गरेका छन्। फिल्म क्षेत्रमा २७ वर्ष खर्चेका उनी फोकस पुलर, असिस्टेन्ट, चिफ असिस्टेन्ट, क्यामराम्यान हुँदै अहिले सिनेमाटोग्राफर (छायाकार) बनेका हुन्।

यसबीच उनले करिब डेढ सय फिल्ममा विभिन्न भूमिकामा घोटिएर काम गरे। अहिले उनी डिओपी (डाइरेक्टर अफ फोटोग्राफी) को भूमिकामा फिल्म खिच्ने समूहको नेतृत्व गर्छन्। 

पुरुषोत्तम नेपालका सफल सिनेमाटोग्राफर हुन्। देशका कुनाकन्दरादेखि विदेशमा छायांकन हुने फिल्ममा उनी धेरैको पहिलो रोजाइमा पर्छन्। अवार्डहरूमा पनि उनले वर्चस्व स्थापित गरेका छन्।

प्रकाशित मिति: : 2021-04-21 07:47:00

प्रतिकृया दिनुहोस्