चिनियाँ राष्ट्रपति र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

Photo : Beltandroad.com
Photo : Beltandroad.com

चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ।

चीनका राष्ट्रपति सी चिन फिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो।

चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधिआदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको चिनियाँ राष्ट्रपति सीले बताए।

राजकुमार मोहमदले साउदी अरबले चीनसँग जनवायु परिवर्तनको सामना र वातावरणीय संरक्षण क्षेत्रमा रणनीतिक सहयोग बढाउने आशा लिएको कुरामा जोड दिनुभएको चिनियाँ राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2021-04-20 20:46:00

प्रतिकृया दिनुहोस्