कर्णालीमा मत सच्याएकी सांसद ओलीको स्पष्टीकरण- म झुक्किर विश्वासको पक्षमा गइछु

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेले कर्णाली प्रदेशकी सांसद देवी ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्ष र विपक्षमा भएको मतदानमा झुक्किएको स्पष्टीकरण दिएकी छन्।

गएको शुक्रबार भएको मतदानमा सुरुमा मुख्यमन्त्री शाहीलाई विश्वासको पक्षमा मत दिएर पछि सच्याएकी ओलीले आफूले थाहा पाउनेबित्तिकै मत सच्याएको बताएकी हुन्।

'मतदानका लागि लाइनमा उभिने क्रममा म झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेछु। थाहा पाउनेबित्तिकै फर्किएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रस्तावका विपक्षमा हाम्रो पार्टी नेकपा (एमाले)को प्रदेश संसदीय दलको बैठकको निर्णय र ह्वीप (निर्देशनानुसार नै मतदान गरेको स्पष्ट गर्दछु। यसको प्रमाण रेकर्ड संसद् सचिवालयमा रहेको कुरा समेत स्पष्ट गर्दछु। यसमा कोही पनि भ्रम नपर्न समेत अनुरोध गर्दछु,' उनले दिएको स्पष्टीकरणपत्रमा भनिएको छ।

उनले आफू संसदीय दलको ह्वीपको पक्षमा नै रहेको स्पष्ट पारेकी छन्। मत सच्याएपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको थियो।



एमालेले सोध्यो माधव नेपाल पक्षका ३२ नेतालाई स्पष्टीकरण

कर्णालीका नवनियुक्त मन्त्रीले लिए सपथ 

एमालेले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मन्त्री

प्रकाशित मिति: : 2021-04-20 16:50:00

प्रतिकृया दिनुहोस्