म्यानमारको सेनालाई ९ वर्षीया बालिकाको प्रश्न- मलाई गोली हानेर तिमीहरूले के पाउँछौ ?

शिलापत्र

काठमाडाैं

म्यानमारको मोगोक शहरकी ८४ वर्षीया महिला ययिङ छिले घरको छतबाट सैनिक कुविरुद्धको आन्दोलनलाई समर्थन गर्दै सडक आन्दोलनमा उत्रिएका नागरिकलाई भन्छिन्- ‘देशलाई स्वतन्त्र बनाएर मात्र पछि हट्नू । बर्मेली नागरिकले ब्रिटेनलाई समेत लखेटेका थिए । बर्मालाई स्वतन्त्र बनाउने जिम्मा तिमीहरूको हो । सैनिक कुविरुद्धको आन्दोलन सफल परेर मात्र आन्दोलनबाट पछि हट्नू ।’

उनी आफूले सन् १९४८ मा ब्रिटेनबाट म्यानमारलाई स्वतन्त्रता बनाउन आन्दोलनमा उत्रिएको कुरा घरको छतबाटै कराउँछिन् । र, आन्दोलनकारीलाई भन्छिन्- सफल नभइ पछाडि नहट्नू ।

फेब्रुअरीमा सेनाले शासन आफ्नो हातमा लिएदेखि म्यानमारमा आन्दोलन भइरहेको छ । प्रदर्शनकारीहरू सडकमा उत्रिएर सैनिक कदमलाई चुनौति दिइरहेका छन् ।

‘मर्ने त निश्चित छ । तर, देशलाई स्वतन्त्र बनाएर मात्र मर्ने हो । हाम्रो प्राण हाम्री आमालाई रिहा गर’ भन्ने नारा लगाउँदै लाखौँ बर्मेली नागरिक सडक आन्दोलनमा छन् । फेब्रुअरीदेखि म्यानमारका सडकमा यस्तो आवाज सुनिँदै आएको छ । उनीहरू आङसान सू चीको तस्वीर बोकेर प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा बालबालिका तथा बृद्धबृद्धाहरू पनि सहभागी भइरहेका छन् ।

म्यानमारको टमुनगरमा सकडमा एक जना ९ वर्षीया बालिका जोनसी सीले ‘हामी त मर्छौँ होला । बाँच्नेका लागि देश स्वतन्त्र बनाउनुपर्छ । मलाई गोली हानेर के पाउँछौ ?’ भन्दै चिच्याइन् ।

प्रकाशित मिति: : 2021-04-20 08:45:00

प्रतिकृया दिनुहोस्