बजारमा अखाद्य वस्तुको बिगबिगी : अनुगमन औपचारिकतामा सीमित, थोरै मात्र अनुसन्धानको दायरामा

लोकान्तर

काठमाडौं

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुले क्यापिटल फूड्स प्रालिविरुद्ध २०७७ मंसिर २८ गते कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो।

उक्त कार्यालयका कार्यालय प्रमुख शिवशंकर मिश्रका अनुसार कपिलवस्तुमा कारखाना रहेको उक्त चाउचाउ कम्पनीबाट उत्पादन गरेर बिक्री गर्न राखिएका चाउचाउको गुणस्तर नेपाल सरकारले तोकेको मापदण्डभन्दा न्यून रहेको भन्दै मुद्दा दर्ता गरिएको थियो।

विराटनगर र काभ्रे गरी दुई ठाउँबाट दुईजना फरक-फरक खाद्य निरीक्षकले पसलमा बिक्री गर्न राखिएका दुईवटा नमूना संकलन गरेर परीक्षण गर्दा स्वास्थ्यलाई हानी गर्ने वस्तु फेला परेको पुष्टि भएको थियो।

मिश्रका अनुसार प्रयोगशालामा परीक्षण गर्दा विराटनगरबाट संकलन गरिएको नमूनामा 'एसिड इन्सोलुबल एश' को मात्रा मापदण्ड भन्दा बढी पाइएको थियो। त्यसै गरी काभ्रेबाट संकलन गरिएको नमूनामा एसिड भ्यालु, पेरोक्साइड भ्यालु र म्वाइश्चर कन्टेन्ट मापदण्डभन्दा बढी पाइएको थियो।

प्रकाशित मिति: : 2021-04-18 18:05:00

प्रतिकृया दिनुहोस्