कसले खोज्दै छ ‘गोरे’ समूहको गायब भएको साढे ३३ किलो सुन ?

बाह्रखरी

काठमाडौं

०७४ माघको पहिलो साता यूएईबाट आएको भनिएको साढे ३३ किलो सुन गायब र त्यससँगै जोडिएर भएको सनम शाक्य हत्या प्रकरणको अनुसन्धान जारी छ।

सो प्रकरणमा प्रहरीका उच्च अधिकारी समेत अनुसन्धानमा तानिएका थिए। तर, अहिलेसम्म न हराएको सुन भेटिएको छ न त सुनका मुख्य लगानीकर्ता नै फेला परेका छन्।

सोही घटनाको अनुसन्धानका क्रममा संगठित अपराधमा बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता समेत भएको थियो। अधिकांश आरोपीहरु धरौटी र केही साधारण तारेखमा छुटिसकेका छन्।

उक्त साढे ३३ किलो सुन गायब भएपछि सुन लुकाएको आशंकामा चूडामणि उप्रेती ‘गोरे’को समूहले ०७४ फागुन १८ मा मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि सुन तस्करी प्रकरण चर्चामा आएको थियो। सनमले गोरे समूहको आर्थिक कारोबार हेर्दै आएका थिए।

प्रकाशित मिति: : 2021-04-18 13:19:00

प्रतिकृया दिनुहोस्