एमसीसीले नेपाललाई सिध्याउँछ - सौरभ [भिडियो]

शिलापत्र

काठमाडाैं

लेखक, चिन्तक तथा विश्लेषक सौरभले अमेरिकी सहयोग एमसीसीले नेपाललाई कालान्तरमा सिध्याउने बताएका छन् |

आफ्नो असहमति शृंखलाको तेश्रो पुस्तक 'असहमति-३' को लोकार्पण भिडियोमा उनले भनेका छन्, 'बीआरआई, बीमेस्टेक, एमसीसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मितामाथि प्रश्नचिह्न खडा गर्छ । हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानिया वा दक्षिण कोरियाजस्तो हुन सक्छौँ | यी कुरालाई आधारभूतरूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन् | त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु |'

बुक-हिल पब्लिकेसनले आज सार्वजनिक गरेको उनको पुस्तक लोकार्पणको भिडियोमा उनले वेदभन्दा अघि मुन्धुम लेखिएको समेत बताएका छन् । उनी भन्छन्, 'तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो | आफूलाई नेपालीले आफैँ चिन्नु पर्‍यो ।'

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको असहमति-३ ले पाठकको मन जित्नेसमेत उनले विश्वास लिएको बताए |

प्रकाशित मिति: : 2021-04-17 19:37:00

प्रतिकृया दिनुहोस्