बिहिबार, ०७ अगस्ट २०२५

खेलाडीलाई प्रेरित गर्ने फिल्म ‘साइना’

News Image
• • •

कुनै प्रसिद्ध ब्यक्तिको जीवनमा आधारित बायोपिक सिनेमा निर्माण गर्नु चानचुने काम होइन।

निकै चुनौतीपूर्ण काम हो। यसमा पनि ब्याडमिन्टन खेलाडी साइना नेहवालको जिन्दगीको उतारचढाव, संघर्ष र अनेक कठिनाइलाई क्यामेरामा उतार्नु कम चुनौतीपूर्ण हुँदै होइन।

विश्व नम्बर एक खेलाडी बन्ने क्रममा साइनाले गर्नुपरेको दु:ख र कष्टलाई कथामा उतारिएको उनको बायोपिक ‘साइना’ एक प्रकारले उनीप्रति समर्पित छ।



‘अन्डर वर्ल्ड’को विषयमा बनेको औसत फिल्म ‘मुम्बई सागा’



यसअघि पनि खेलाडीको विषयमा भारतीय सिनेमामा थुप्रै बायोपिक बनिसकेका छन्। तर धैरै जसो औसतमा सिमित रह्यो। भारतलाई क्रिकेटको विश्व कप जिताएका पूर्वकप्तान महेन्द्र सिंह धोनी, ओलम्पिकमा मेडल विजेता महिला बक्सर मेरी कोम, ‘फ्लाइङ शिख’ को उपनामले चर्चित म्याराथन धावक मिल्खा सिंह र भारतका पूर्व हकी गोलरक्षकको कहानीमा आधारित ‘चक दे इण्डिया’ सुपरहिट सावित भयो।

निम्न मध्यमवर्गीय परिवारमा जन्मेको मानिस विश्वकै लोकप्रिय खेल मध्येको एक ब्याडमिन्टनको नम्बर एक खेलाडी बन्न चानचुने कुरा पक्कै होइन। कठिन परिश्रम, लगन, शारीरिक अवस्था र परिवारको सहयोग बिना यो उपलब्धी हासिल गर्नु सम्भव हुँदैन। 
साइना प्रथम पटक सन् २०१५ मा विश्व च्याम्पियन बनेकी हुन् र उनको यो स्थान सन् २०१९ सम्म कायम थियो। खेलप्रति उनको समर्पण, संघर्ष, उपलब्धी र कोच पुलेला गोपिचन्दको प्रयासलाई यस फिल्मको माध्यमले निर्देशक अमोल गुप्तेले मिहिनढंगले विश्लेषण गर्न खोजेका छन्।



मान्छे र ड्राइगनबीच सम्बन्धको कथा– ‘राया एन्ड द लास्ट ड्राइगन’



हरेक स्पोर्ट्स ड्रामा जस्तै यो सिनेमामा पनि खेलाडीको जन्म, हुर्काइ, अभ्यास र जितको क्रम देखाइएको छ। निर्देशक गुप्तेले साइनाको करिअरमा भएको विवादलाई भने उल्लेख गरेका छैनन्। सिनेमालाई भावनात्मक बनाउन उनले एक प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्दा उनकी आमाले थप्पड हानेको दृश्य कैद गरेका छन्। त्यो दृश्यलगत्तै पिताले सम्झाएको घटनाले दर्शकलाई भावबिभोर गराउँछ।

एक दृश्यमा उनी घाइते हुँदा आमाले खेलाडीलाई चोटपटक लागिरहन्छ। एउटै घटनामा बिश्राम लिनु हुँदैन भनेको दृश्यले खेलाडी बन्न हिँडेका सामान्य मानिसलाई पनि प्रेरित गर्छ।

अभिनयको हिसाबले यो सिनेमा ‘वानम्यान शो’ हो। त्यसैले अभिनयको दोष र गुण साइना नेहवालको भूमिकामा उत्रिएकी परिणती चोपडाले लिनुपर्ने हुन्छ। गैरखेलाडी भएर पनि नायिका चोपडाले खेलाडीकै भावभंगीमा अभिनय गर्नु निकै कठिन काम हो, जसमा उनी सफल छिन।



राक्षस र मान्छेबीच भिडन्तको कथा



आमाको भूमिका गर्ने मेघना मल्लिक र कोचको भूमिका गर्ने अङ्कुर विकलको अभिनय पनि उत्कृष्ट छ। अन्य कलाकार सामान्य देखिन्छन्। बच्चा सानियाको भूमिका गर्ने निशा कौरको अभिनय पनि अत्यन्तै राम्रो छ। उनको निर्दोष अनुहार र बोल्ने शैली माया लाग्दो छ।

सिनेमाको कथा स्वयम् निर्देशक गुप्तेले लेखेका छन्, जसमा उनी सफल छन्। पियुष साहको क्यामरा र दिपा भाटियाको सम्पादनमा खोट लगाउने ठाउँ छैन। संगीत कम्पनी टि सिरिजले निर्माण गरेको सिनेमा भएर पनि यो सिनेमाको कुनै पनि गीत कर्ण प्रिय छैन। संगीतकार अमाल मल्लिक यो बिषयमा असफल छन्।

खेलाडी, खेल क्षेत्रसँग सम्बन्धित र खेलप्रेमीको लागि यो सिनेमा दर्शनीय छ। खेलप्रति रुची नभएकाले सिनेमा नहेर्दा पनि हुन्छ। केवल मनोरन्जन गर्ने मनसायले यो सिनेमा हेर्ने हो भने निराश हुने पक्का छ।


दर्शकलाई बाँधेर राख्न सक्ने खुवी नभएकाे सिनेमा ‘मनस्टर हन्टर’

अरविन्द अडिगाको उपन्यासलाई फिल्ममा उतार्ने सफल प्रयास ‘द ह्वाइट टाइगर’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!