‘अन्डर वर्ल्ड’को विषयमा बनेको औसत फिल्म ‘मुम्बई सागा’

नवीन रायमाझी

वासिङ्टन डीसी

‘अन्डर वर्ल्ड’ र बलिउडको सम्बन्धमा अनेक कुरा सुन्न पाइन्छ। कोही भन्छन्- ‘अन्डर वर्ल्ड’ ले बलिउडसँग पैसा माग्छ। तर अर्कोथरी भन्छन्- ‘अन्डर वर्ल्ड’को पैसाले हिन्दी सिनेमाको निर्माण हुन्छ।’ 

‘अन्डर वर्ल्ड’को कथामा पहिले रामगोपाल बर्माले सिनेमा निर्माण गर्थे तर हाल बर्माको सक्रियता देखिएको छैन। यस्तै सिनेमा हाल सन्जय गुप्ताले निर्माण गर्छन। ‘अन्डर वर्ल्ड’ र बलिउडको सम्बन्ध के हो? भन्न सकिने अवस्था नरहे पनि यी दुईबीच गहिरो नाता रहेको कुरालाई नकार्न सकिनन्। 

यसैबीच गुप्ताद्वारा निर्देशित ‘मुम्बई सागा’ रिलिज भएको छ। सिनेमामा पनि ‘अन्डर वर्ल्ड’ को भित्री पाटो नै समेटिएको छ।अन्य मसला हिन्दी सिनेमा जस्तै यसको विषय बस्तुमा पनि कुनै अन्तर छैन। सिनेमाको कथावस्तु मुम्बईमा ‘अन्डर वर्ल्ड’ले आफ्नो कारोबार सुरु गर्ने समयताका को छ। प्रहरी, ब्यापारी र बदमास सबैको एक आपसमा सम्पर्क छ र सबैले आ-आफ्नो स्वार्थका लागि काम गरेका छन्। फिल्ममा प्रहरी चोर हो कि चोर असल मान्छे, त्यो पत्ता लगाउन सामान्य ब्यक्तिलाई कठिन पर्छ।



दर्शकलाई बाँधेर राख्न सक्ने खुवी नभएकाे सिनेमा ‘मनस्टर हन्टर’

अरविन्द अडिगाको उपन्यासलाई फिल्ममा उतार्ने सफल प्रयास ‘द ह्वाइट टाइगर’



यिनीहरुलाई राजनीतिक ब्यक्तिले संरक्षण दिएका छन्, जसलाई देश र जनतासँग कुनै सरोकार छैन। सरोकार छ त, आफ्नो सत्ताको। सिनेमामा हेर्न लायक खास केही छैन। कलाकारको भिड,  कान फुट्ने पार्श्व संगीत र अन्धा धुन्द गोली हानाहान र सिनेमाको तिब्रगतिले दर्शकलाई बाँधेर राख्न सफल छ। गीत संगीतको अग्रणी कम्पनी टि-सिरिजले निर्माण गरेको सिनेमा भएर पनि संगीत कुनै बिशेष छैन। पायल देब र अमर मोहिल्लेको संगीतमा कुनै दम छैन।

अभिनयको बिषयमा सदा अन्ना (सुनिल सेट्टी), अमार्त्य राब (जोन अब्राहम) र भाउ (महेस मान्ज्रेकर) को अभिनय उत्कृष्ट छ। अन्य कलाकारको अभिनय सामान्य छ। महेश मान्ज्रेकर निर्देशनमा भन्दा अभिनयमा राम्रो छन्।



मनोरन्जनात्मक कार्टून ‘टम एण्ड जेरी–द मुबी २०२१’

बाल मन–मस्तिष्कलाई आकर्षित गर्न सक्ने सिनेमा ‘वि क्यान बि हिरोज’



सिनेमामा दुई नायिका सिमा (काजल अग्रवाल) र अन्जना सुखानी छन्। नायिकाको काम अङ्ग प्रदर्शन गर्ने र नाच्ने मात्र छ। धेरैपछि गुलशन ग्रोभर र इमरान हासमी पनि पर्दामा देखिएका छन् र दुवै कलाकारले आफ्नो क्षमताअनुसारको काम गरेका छन्।

‘अन्डर वर्ल्ड’ सम्बन्धी सिनेमा हेर्ने बानी बसेका दर्शकलाई यो सिनेमाले मनोरन्जन दिन सक्छ। तर गम्भीर दर्शकलाई यो सिनेमाले मनोरन्जन दिन सक्ला जस्तो लाग्दैन। मेरो बिचारमा यो सिनेमा हेर्नु समय र पैसाको बर्बादी हो।
 

प्रकाशित मिति: : 2021-03-24 18:21:00

प्रतिकृया दिनुहोस्