महेश नेपाली
नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्रीको पक्षमा मत दिने भएको छ।
मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए।
'राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,' शाहीले भने, 'हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाहा छ।'
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन्।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे।
'मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु,' उनले भने।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया