महेश नेपाली
नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्रीको पक्षमा मत दिने भएको छ।
मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए।
'राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,' शाहीले भने, 'हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाहा छ।'
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन्।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे।
'मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको छु,' उनले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया