दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

Photo - Yonhap

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।

राष्ट्रपति इनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन्। उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए। सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ।

उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो।

उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ। यदि उहाँ संसदीय सुनुवाईबाट अनुमोदन हुनुभएको भने वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुने पनि बताइएको छ।

वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो। नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उहाँले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राख्नुभएको बताइएको छ। यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राख्नुभएको बताइएको छ। सिन्ह्वा


म्यान्मार ‘कू’: प्रदर्शनमा ५१ बालबालिका मारिए

म्यान्मार ‘कू’: संकटको सारथी बन्दै 'मिचिना युवा' (तस्वीरसहित)

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

म्यान्मारको कू: मारिनेमा किशोरीदेखि ट्याक्सी ड्राइभरसम्म

प्रकाशित मिति: : 2021-04-16 12:52:00

प्रतिकृया दिनुहोस्