भिडियो कन्फ्रेन्समा सांसद नाङ्गै देखिएपछि...

क्यानडाका एक सांसद 'हाउस अफ कमन्स' को डिजिटल माध्यमद्वारा भइरहेको बैठकमा निर्वस्त्र देखिएपछि सबै चकित परेका छन्।

क्युबेक जिल्लाबाट सन् २०१५ देखि प्रतिनिधित्व गरिरहेका सांसद विलियम अमोस वैठकमा सबैका अगाडी निर्वस्त्र देखिएका हुन्।

'द क्यानेडियन' प्रेसले जारि गरेको स्क्रिनसटमा उनी कोरोना महामारी नियन्त्रणको विषयमा चलिरहेको भिडियो कन्फ्रेन्समा निर्वस्त्र देखिएका छन्। उनले आफ्नो गुप्ताङ्ग मोबाइलले छोपेको देखिन्छ।

यो विषयमा सांसद अमोसले माफी माग्दै भुलवश यस्तो घटना घट्न गएको बताएका छन्। अमोसले इमेलमार्फत आफू विहानको व्यायामबाट फर्केर लुगा फेर्दै गर्दा गल्तीले भिडियो खुल्न गएको र उक्त दृश्य देखिन गएको जानकारी दिएका छन्।

उनले माफी माग्दै लेखेका छन्, 'अब यस्तो गल्ती हुने छैन, यो निश्चित रुपमा भुलवश हुन गएको हो।'

विपक्षि ब्लक क्यूबेकोइस पार्टीकी सांसद क्लाउडे बेलेफियोलिले संसद सत्रको बहसमा व्यंग गर्दै सबै सांसदहरुले संसदीय मर्यादा अनुरुप ट्राउजर, अन्डर वेयर , सर्ट, ज्याकेट र टाई मात्र लगाउन अनुरोध गरिन्।

संसदकी अध्यक्ष एन्थनी रोटाले पनि सांसदहरुले क्यामरा र माइक्रोफोन खुल्ला रहेको अवस्था मा आफूलाई सतर्क रहन अनुरोध गरेकी छन्।  

प्रकाशित मिति: : 2021-04-15 20:39:00

प्रतिकृया दिनुहोस्