१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह

फाइल तस्वीर
फाइल तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको अति प्रभावित भनी  वर्गीकरण गरेका १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिए।

जसमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन्।

कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन र पठाउनुपरे स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गराउन अनुरोध गरेको छ।

मन्त्रालयले विज्ञप्तिमार्फत अपिल गरेको छ, ‘बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नभइदिनु हुन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिकाहरु बढाइदिनु हुन।’

प्रकाशित मिति: : 2021-04-15 17:20:00

प्रतिकृया दिनुहोस्