नेपालगञ्जका शैक्षिक संस्था एक हप्ता बन्द 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

नेपालगञ्ज उप–महानगरपालिकाका शैक्षिक संस्थाहरु शुक्रबारदेखि बन्द हुने भएका छन्।

नेपालगञ्ज उप–महानगरपालिका विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन्।

पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो।

नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ।

बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेकोछ भने माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै  बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय समेत गरेको छ।

माक्स नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तिमा एक साताका लागि बन्द गर्ने समितिको निर्णय छ।

प्रकाशित मिति: : 2021-04-15 17:41:00

प्रतिकृया दिनुहोस्