अम्याङ्साको तीन कृतिको विमोचन

साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको विमोचन गरिएको छ।

दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमकाबीच सञ्चारकर्मीसमेत रहेका स्रष्टा अम्याङ्साको विराशतको जोखना (गजल सङ्ग्रह २०७७), रेष्टुराँको सटरभित्र (रुबाइ सङ्ग्रह २०७७) र रैथाने (हाइकु सङ्ग्रह २०७७) को एकैसाथ विमोचन गरिएको हो।

याक्थुङ् साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा गजलकार विवशवलिभद्र कोइरालाले विराशतको जोखना गजल सङ्ग्रह, फरक आयाम अभियान्ता साङ्सेन पञ्धाकले रेष्टुराँको सटरभित्र र दमक प्रज्ञा प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले रैथाने हाइकु सङ्ग्रह माथि समीक्षा गरे।

भाषिक आन्दोलनका अभियान्ता अम्याङ्सा नाम्गेत लिम्बूवान र पोक्लावाङ् पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक पनि हुन्।

प्रकाशित मिति: : 2021-04-14 18:18:00

प्रतिकृया दिनुहोस्