किन नियन्त्रित छ महिला हाँसो ?

हिमाल खबर

काठमाडौँ

हाँस्नु के हो ? सायद, जिउँदो-जाग्दो हुनुको एक सामान्य र प्राकृतिक लक्षण। मानसिक बोझ र बन्धनबाट मुक्त भई प्रस्फुटित हुने अवस्था।

यस्तै-यस्तै परिभाषाको सूची लामो हुनसक्ला।

हाँसोसँग मानिसको नि:सन्देह अन्योन्याश्रित सम्बन्ध छ। हाम्रो समाजमा हाँसोलाई अर्थ्याउने र उपयोग गर्ने अनेक तौरतरिका र सोच छन्।

तिनै छनोटका तरिका र मानसिकताले हाँसोसँग महिला र पुरुषको भिन्न सम्बन्ध स्थापित गरेका छन्। महिला र पुरुषका सामाजिक-लैंगिक हैसियत र सांस्कृतिक-सार्वजनिक स्वतन्त्रता उपयोगको अवस्थाले निर्धारण गर्ने भएकाले त्यो सम्बन्धमा भिन्नता आएको हो। 

 

प्रकाशित मिति: : 2021-04-14 17:30:00

प्रतिकृया दिनुहोस्