भविष्य माग्दै म्यानमारका युवा

म्यानमारको आधा जनसंख्या ३० वर्षभन्दा मुनिको छ।

तिनको ठूलो संख्या अघिल्लो दशकको लोकतान्त्रिक संक्रमणबाट लाभान्वित भए। लोकतन्त्रतर्फको संक्रमण कमजोर र अपूर्ण थियो होला, तर त्यसले मानवअधिकार तथा स्वतन्त्रताको वृद्धि गराएको थियो। अहिले सेना पुनः सत्तामा फर्किएपछि विगतको उपलब्धि गुम्ने डर धेरै युवामा बढेको छ। तिनको भविष्य नै दाउमा छ। 

खासमा युवाको भविष्य मात्र होइन, जीवन नै दाउमा परेको छ। मार्च २७ मा सेना दिवसका दिन जनरल मिन आङ ह्लाइनले आफूहरू देशका जनताको सुरक्षा गर्न र प्रजातन्त्र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए। तर, सो दिन फेब्रुअरी १ को कुपछिको सबैभन्दा रक्तपातपूर्ण दिन साबित भयो। आफ्ना मर्दै गरेका छोरालाई काखमा लिँदै गरेको एक पिताले हृदयविदारक रूपमा भन्दै थिए, ‘यो दिन जीवन र भविष्य दुवै गुम्दै छ।’

प्रकाशित मिति: : 2021-04-13 11:19:00

प्रतिकृया दिनुहोस्