मङ्गल ग्रहमा भन्दा पहिले चन्द्रमामा मानव बस्ती बसाल्ने एलन मस्कको योजना

बिएल संवाददाता

वासिङ्टन डीसी

मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा रहेका एलन मस्कले आफ्नो अन्तरिक्ष अभियानमा फेरबदल गरेका छन्।

'टेस्ला' र 'स्पेस एक्स'जस्ता चर्चित कम्पनीका सीइओ मस्कले मङ्गल ग्रहभन्दा पहिले चन्द्रमामा मानव बस्ती बसाल्ने योजना अघि सारेका हुन्।

यसको साथै मस्कले हालै बिटकवाइनमा पनि १.५ अर्ब डलर लगानी गरेका छन्। त्यसपश्चात उनले टेस्लाको गाडी बिटकवाइनले पनि खरिद गर्न सकिने ट्वीट गरेका थिए। उनको उक्त ट्विटपछि बिटकवाइनको मुल्य अत्याधिक बढ्न पुग्यो।

मस्क विश्कै दोस्रो धनी व्यक्ति हुन्। मस्कले शनिबार राती 'म छिटै चन्द्रमामा जाँदै छु' भनेर एउटा ट्विट गरेका थिए। मानिसलाई यो वाक्य सामन्य लागेपनि क्रिप्टो करेन्सीको व्यापारमा लागेकाहरुको लागि भने यसले निकै ठुलो स्थान राख्छ। 

'बिटकवाइन माइनर्स' र 'क्रिप्टो करेन्सी नर्ड' अर्थात यो पेशामा लगानी गर्ने र नाफा खोज्नेहरुको लागि यो वाक्यले बिटकवाइनको मुल्य बढ्ने संकेत गरेको पाइन्छ। मस्कको यो अधुरो ट्विटलाई लगानीकर्ताहरुले बिटकवाइनको मुल्यलाई चन्द्रमामा पुर्याउने अर्थात यसको मुल्य बढ्न सक्ने अनुमान लगाएका छन्।

'बिजनेस इन्साइडर' नामक अमेरिकी वित्तीय र  व्यावसायिक समाचार वेबसाइटका अनुसार गत मार्च महिनामा बिटकवाइनको मुल्य लगातार बढ्दै गएको छ। बिटकवाइनको मुल्य बिटस्टेम्प एक्सचेन्जमा एक बिटकवाइनको मुल्य  करिव ६१ हजार डलर पुगेको छ।

यसको मुल्य गत बर्षको तुलनामा ७ सय प्रतिशत ले बढेको हो। सन २००९ मा बिटकवाइन सुरु हुँदा यसको मुल्य ४ डलर मात्र थियो।

प्रकाशित मिति: : 2021-04-13 09:33:00

प्रतिकृया दिनुहोस्