नागरिक उड्यन प्राधिकरणले उठाउन सकेन २ अर्ब बक्यौता, एयरलाइन्सदेखि पसलेसम्मले तिरेनन् पैसा !

लोकान्तर

काठमाडाै‌ं

अजय अनुरागी

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने सेवाग्राही कम्पनी तथा फर्महरूबाट वर्षौंदेखि करीब २ अर्ब रुपैयाँ बक्यौता असुलउपर गर्न सकेको छैन । नागरिक उड्डयन प्राधिकरणको प्राधिकरण सेवा शुल्क नियमावली, २०६७ मा सेवा शुल्क, भाडा, रोयल्टी वा अन्य आम्दानी सेवा प्रदायकले समयमै प्राधिकरणलाई बुझाउनु पर्ने व्यवस्था छ । तर वर्षौंदेखि प्राधिकरणले ठूलो परिमाणमा रकम असुलउपर गर्न नसकेको हो ।

प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार कुल २ सय ३४ वटा आसामीबाट २०७७ को माघ महिनासम्म कुल १ अर्ब ९९ करोड ४३ लाख ३६४ रुपैयाँ असुलउपर गर्न बाँकी छ । जसमध्ये सञ्चालनमा रहेका र नरहेका अन्तर्राष्ट्रिय हवाइ सेवा कम्पनीदेखि आन्तरिक हवाइ सेवा प्रदायक कम्पनीबाट नै करोडौं रुपैयाँ असुल गर्न बाँकी रहेको छ।

२०७६ पुस १५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा सूचना प्रकाशित गरेर कुल ७४ वटा हवाइ सेवा कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी रहेको ८३ करोड ७७ लाख ७८ हजार ४८ रुपैयाँ प्रकाशित भएको ३० दिनभित्र प्राधिकरणमा दाखिला गराउन भनेको थियो।

उक्त सूचना प्रकाशित भएको ३० दिनभित्र प्राधिकरणको राष्ट्रिय वाणिज्य बैंक गौचरणस्थित खाता नम्बर १६९०००००११०६ मा दाखिला गरी सोको सक्कल भौचर राजस्व शाखामा बुझाउन भनिएको थियो।

प्रकाशित मिति: : 2021-04-12 11:47:00

प्रतिकृया दिनुहोस्