'प्वाइण्ट ब्ल्याङ्क' सैन्य अभ्यासमा अमेरिकी चालकले रुसी सेनाको लोगो भएको पोशाक लगाएपछि

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिका, ब्रिटेन र नेदरल्यान्डबीच संयुक्त रुपमा भइरहेको 'प्वाइण्ट ब्ल्याङ्क' सैन्य अभ्यासमा सहभागी एक अमेरिकी 'एफ १५' लडाकु विमानको चालकले रुसी वायु सेनाको लोगो भएको पोशाक लगाएको तस्वीर सार्वजनिक भएको छ।

रुस र अमेरिकाबीच तनाव बढेकाे बेला भइरहेकाे चार दिने युद्ध अभ्यासको समयमा यस्तो तस्वीर सार्वजनिक भएपछि सबैको ध्यानाकार्षण भएको छ।

तस्वीर सार्वजनिक भएपछि त्यो विषयबारे अनुसन्धान चलिरहेको र दोषीलाई कानुन बमोजिम कारवाही गरिने पेन्टागन (रक्षा मन्त्रालय) ले जनाएको छ।



अमेरिकी राष्ट्रपतिका छोरा हन्टर बाइडेनको इमेल ह्याक : वेश्यागमन र लागुपदार्थ दुर्व्यसनका गोप्य कुराहरु सार्वजनिक



उक्त तस्वीरलाई सबैभन्दा पहिले ब्रिटेनको 'रोयल एअर फोर्स'को फेसबुक पेजमा अपलोड गरिएको थियो। जुन तस्वीरमा 'एफ १५' लडाकु विमानमा बसेका पाइलेटले रुसको ब्याच (स्लिब प्याच) लगाएको स्पष्ट देखिन्छ।

त्यस्तै अर्को समाचारअनुसार उक्त पाइलटले युद्ध अभ्यासको समय विरोधी पक्षको भूमिकामा रहेको कारण रुसी वायुसेनाको लोगो अङ्कित पोशाक लगाएको हुन सक्ने बताइएको छ। युद्ध अभ्यासको समय पाइलटहरुले विरोधी देशको ब्याच र हेलमेट लगाउनु सामान्य बिषय हो। कुनै-कुनै परिस्थितिमा विमानमा पनि विरोधी देशको लोगो लगाउने प्रचलन छ।



अमेरिकामा 'बन्दुक संस्कृति' राेक्न राष्ट्रपति जो बाइडेनले नयाँ कदम चाल्दै



यसैबीच 'द एविएशनिस्ट' नामक वेबसाइटका अनुसार उक्त लोगो अमेरिकी वायु सेनाकै चार सय ९२ औं फाइटर स्क्वाड्रन को  'रेड एअर' ब्याच हो। यस्तो ब्याच युद्ध अभ्यासको समय विरोधी देशको सेनाको भूमिकामा रहेका पाइलटहरुले लगाउँछन्। 

अहिले तस्वीर बारे सामाजिक सञ्जालहरुमा विभिन्न टिका टिप्पणी सुरु भएको छ। 

प्रकाशित मिति: : 2021-04-12 06:39:00

प्रतिकृया दिनुहोस्