अमेरिकामा 'बन्दुक संस्कृति' राेक्न राष्ट्रपति जो बाइडेनले नयाँ कदम चाल्दै

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : latimes.com
Photo : latimes.com

अमेरिकामा एकपछि अर्को गोली काण्ड र त्यसबाट भएको जनधनको क्षतिले राष्ट्रपति जो बाइडेन चिन्तित भएका छन्। 

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति बाइडेनले अमेरिकीहरुको 'गन कल्चर' अर्थात बन्दुक बोक्ने कारणले पुरै विश्वको सामु लज्जित हुनु परेको बताए। उनले भने, 'गन कल्चरलाई रोक्न जरुरी भइसकेको छ।' 

बाइडेनले पत्रकारहरुसँग कुराकानी गर्दैगर्दा उपराष्ट्रपति कमला ह्यारिसको पनि उपस्थिति थियो। सो कार्यक्रमपछि उनले ट्वीट गर्दै अमेरिकाको 'गन कल्चर' (बन्दुक संस्कृति) र 'गन भाइलेन्स' (बन्दुक हिँसा) रोक्नको लागि प्रसाशनले कडा कदम चालेको बताएकी छन्।

उक्त कदमअनुसार निकट भविष्यमा बन्दुकलाई नियन्त्रण गर्ने, बन्दुकको प्रचार प्रसार रोक्ने र बन्दुक विरोधि समुदायलाई समर्थन गरिने छ। उनको यो ट्वीटमा धेरैले समर्थन गरेका छन्।

राष्ट्रपति बाइडेनले पनि अमेरिकामा 'गन कल्चर'को विरुद्ध बोल्न कठिन हुने भएपनि यसलाई रोक लगाउने बारेमा सबैको एकमत भएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-04-10 06:38:00

प्रतिकृया दिनुहोस्