यी पेन्टिङहरु : जसले आँखालाई 'कन्फ्यूज' पार्छन्

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक महिनासम्म चलेको चित्रकला प्रदर्शनी अप्रिल ८ मा सकियो।

गत ८ मार्चदेखि सुरु भएको प्रर्दशनीमा विभिन्न आर्टिस्टहरुले गरेको पेन्टिङ राखिएको थियो। 

प्रदर्शनीबाट आर्टिस्टहरु कृष्णा मानन्धर, विजय थापा, जीवन राजापाध्याय, डि राम पाल्पाली, एनबी घिमिरे लगायतका पेन्टिङहरु राखिएको थियो। त्यस्तै प्रमिला परियार, कृष्ण देव महर्जन, रिना मानन्धर, प्राधी राणा, सुनिता राणा, सांगी श्रेष्ठ, सबिता नेपालको पेन्टिङले राम्रो प्रशंसा पाए।

प्रदर्शनीमा दैनिक ४० देखि २०० जनालेसम्म अवलोकन गरे। भित्तामा झुन्डिएका पेन्टिङहरु मध्ये कुनै मिथिला चित्रको सभ्यतामा आधारित थिए भने कुनै 'फिक्शन' र 'नन-फिक्शनमा' आधारित थिए। 

प्रदर्शनीमा राखिएका पेन्टिङहरुले आ-आफ्नो महत्व र अस्थित्व बोकेका थिए। पेन्टिङहरुले प्रेम, समाज, परिवार, दर्शन, जन्म र मृत्युप्रतिको अन्तिम सत्य लगायतका भावहरु पोखेका थिए। 

प्रदर्शनीमा राखिएका केही पेन्टिङहरु यस्ता छन् : 

प्रकाशित मिति: : 2021-04-10 13:50:00

प्रतिकृया दिनुहोस्