निर्णायक कदमका लागि जुट्दै तीन दल, के आजै होला नयाँ सरकार गठनको लागि 'ब्रेक थ्रु' ?

पहिलोपोष्ट

काठमाडाै‌ं

प्रकाश भण्डारी

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएका तीन दल फेरी जुट्दै छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सर्वदलीय बैठक गरेर ओली विरुद्ध उत्रिने निर्णय गरेका दलहरुमध्ये नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)  जुटन लागेका हुन्। त्यसका लागि कांग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो निवास बुढानिलकण्ठमा माओवादी र जसपालाई निम्ता गरेका छन्। माओवादी केन्द्रका नेताहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याउने विषयमा बैठकमा छलफल हुनेछ।

'निर्णायक बैठक'

माओवादी केन्द्रले आजको बैठकलाई निर्णायक बैठक भएको भन्दै नयाँ सरकार बनाउने विषयमा सकारात्मक पहल भएको बताएको छ। संसद पुनर्स्थापनापछि नयाँ सरकारको नेतृत्व गर्नुपर्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक कांग्रेस सभापति देउवासँग संवाद गरेका थिए। सुरुवाती चरणमा ओलीविरुद्धको गठबन्धन गर्न देउवा अनइच्छुक देखिए पनि हाल भने उनी आफ्नै नेतृत्वको सरकार बनाउन अग्रसर भएका छन्।

प्रकाशित मिति: : 2021-04-09 14:17:00

प्रतिकृया दिनुहोस्