ट्राफिक जोडीको रमाइलो प्रेम कहानी– सडकमा सिट्ठी फुक्दाफुक्दै लभ !

'पिठ्युँमा बच्चा बोकेर सडकमा ड्युटी गर्दा 'हेर ट्राफिक्नीको दु:ख' भन्थे, हौसला कसैले दिएनन्'

लोकान्तर

काठमाडौं

खोटाङ घर भएकी प्रहरी जवान बोना ढकाल जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाम मातहत रहेर काम गर्ने गरी इटहरीबाट इलाम सरुवा भएकी थिइन्।

२०६३ चैत २० मा प्रहरी सेवामा प्रवेश गरेकी ढकालको इलाम बजारमा ड्युटी थियो। बजारमा सवारी व्यवस्थापनका लागि सिट्ठी फुक्दै थिइन्। नयाँ–नयाँ भएकाले उत्साह पनि थियो।

सोही समयमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना मातहत काम गर्ने विराटनगर पोखरियाका ट्राफिक प्रहरी हबल्दार अजित राउत पनि सरुवा भएर इलाम गए।

अजित इलाम पुग्दैगर्दा बोना सडकमा ड्युटीमै थिइन् ।​ अजितले बोनालाई पहिलोपटक सडकमै देखे।

प्रकाशित मिति: : 2021-04-09 12:12:00

प्रतिकृया दिनुहोस्