एकदिन उनी घरमा कसैलाई खबर नगरी झोला बोकेर हिँडे। झोलामा म्युजिक सिस्टम थियो।
दिमागमा धेरै कुरा खेलिरहेका थिए। चन्द्रागिरिमा गुडिरहेका अनेक सवारी साधनमध्ये काठमाडौंको बस समाते।
बसन्तपुर, कालभैरव अगाडि पुगेपछि भुइँमा रूमाल ओच्छ्याए। छेउमा म्युजिक सिस्टम राखे, अन गरे। संगीत घन्किन थाल्यो। अनि नाच्न थाले।
तीन घन्टासम्म लगातार उनी नाचिरहे। हेर्न आउने बटुवाले रूमालमा पैसा राखिदिए। त्यो नाचवापत् दुई हजार रूपैयाँजति कमाइ भयो।