युरोपा लिग फुटबल अत्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलचेक रिपब्लिक स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ।
बिहीबार राति भएको खेलमा आर्सनलर स्लाभिया १-१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलको ८६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई १-० को अग्रता दिलाए। तर खेलको इन्जुरी समयमा स्लाभियाका टोमस होल्सले गोल गरेपछि आर्सनलले जित निकाल्न सकेन।
उक्त बराबरीसँगै दुबै टिमले सेमिफाइनल पुग्ने सम्भावना कायम गरेका छन्। दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।