पछिल्लो समय कोरोनाको दोस्रो लहर सुरु भईसकेको छ। यसले शैक्षिक संंस्थाहरुलाई बढि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
यसअघि पनि कोरोना महामारी नियन्त्रणको लागि गरिएको लकडाउनको कारण शैक्षिक सत्र पछि सरेको छ।
आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो।
जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने बताईएको छ।