प्रजाबाट नागरिक बनेको त्यो २६ चैत

हिमाल खबर

काठमाडौँ

लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, नागरिक अधिकार, धर्मनिरपेक्षतासँगै वामपन्थी शक्तिलाई संसदीय राजनीतिमा स्थापित गराउने आधार अरू केही नभई त्यही २६ चैतको जनआन्दोलन हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली यतिबेला झन्डै दुईतिहाइ संसदीय जनमतका साथ कार्यकारी प्रधानमन्त्रीका हैसियतले पाँचवर्षे स्थिर सरकार चलाइरहेका छन्। तिनै प्रधानमन्त्री ओलीले एक दिन अगाडि २५ चैतमा राष्ट्रका नाममा सम्बोधन गरे।

शायद, मुलुकले कोरोनाभाइरस महामारीजस्तो महाविपद्को सामना गरिरहेकाले पनि हुनुपर्छ, उनले आफ्नो सम्बोधनमा भोलिपल्टको २६ चैत सम्झेनन्, २६ चैत अर्थात् प्रजातन्त्र पुनः प्राप्तिको त्यो ऐतिहासिक दिन।
 

प्रकाशित मिति: : 2021-04-08 22:33:00

प्रतिकृया दिनुहोस्