बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलनले अध्यक्षमा चित्रबहादुर केसी सहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व चयन गर्दै विहिबार राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको हो।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीको अध्यक्षतामा ३७ सदस्य पुर्णकालिन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय नयाँ केन्द्रीय कमिटी गठन भएको हो।
राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन्। प्रथम उपाध्यक्षमा जनक भट्ट र दृतिय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भईन्।
हरेक ५ वर्षमा पार्टीको संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने पार्टीको विधान छ।