म्यानमार नरसंहार : लोकतन्त्रको ठूलो उपहास

बाह्रखरी

काठमाडाैं

फेब्रुअरी १ तारिख २०२१ अर्थात् माघ १९, २०७७ मा नेपालको मित्र देश म्यानमार वा भनौं पुरानो बर्मामा त्यहाँको सेनाले राजनीतिक दलका नेताहरूलाई नजरबन्दमा राखेर देशको शासन सत्तामा कब्जामा लियो।

म्यानमारका जनताले यो सैनिक ‘कू’ को विरोध गर्दै दैनिक प्रदर्शन गरिरहेका छन्। अहिलेसम्म ५७० आन्दोलनकारीहरू सेनाको गोली र घोर यातनाका कारण जीवन गुमाएका छन्, यसमध्ये करिब ५० जना त साना बालबालिका रहेका छन्। सेनाले २६०० बढीलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 
बर्मामा भइरहेको नरसंहारको विरोधमा र लोकतान्त्रिक आन्दोलनको समर्थनमा नेपालसहित संसारभरी नै जति सशक्त आवाज उठनुपर्ने हो सो आवाज उठ्न सकेको देखिँदैन। यसै विषयमा केन्द्रित रहेर आज हामीले कार्यक्रम प्रतिवाद तयार पारेका छौँ।

प्रकाशित मिति: : 2021-04-08 19:10:00

प्रतिकृया दिनुहोस्