सुडान डारफर झडपमा १३२ व्यक्तिको मृत्यु

सुडानको पश्चिमी डारफर क्षेत्रमा भएका जातीय झडपमा हालका केही दिनमा मृत्यु हुनेको सङ्ख्या कम्तिमा १३२ पुगेको छ।

यहाँका गभर्नरले बिहीबार सञ्चारमाध्यमहरूलाई सो बारे जानकारी गराएका हुन्। 

शनिवारदेखि राज्यको राजधानी एल जेनैना र त्यसको वरपरका क्षेत्रमा मसालाइट र अरब समुदायका सदस्यहरूबीच भएका झडपमा उनीहरूको मृत्यु भएको हो।

सुडानको सरकारले यस क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ।
 

प्रकाशित मिति: : 2021-04-08 18:56:00

प्रतिकृया दिनुहोस्