प्रसारण लाइनको प्रभावितलाई मुआब्जा वितरण गरिदै

File photo
File photo

एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ।

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनसँग जोड्नका लागि विद्युत्को टावर निर्माण गर्नुपर्ने भएकाले विभिन्न स्थानमा गरी आयोजनाले साढे तेइस रोपनी जग्गा अधिग्रहण गरेको थियो।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई भरतपुरको सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण लाइनसम्म जोड्नका लागि आयोजनाले जग्गा अधिग्रहण गरेको  आयोजनाका सहायक निर्देशक भोला शर्माले जानकारी दिए।

दमौलीबाट भरतपुरसम्मको दूरीमा पर्ने सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारणको लाइनमा जोड्न ट्रान्समिटर प्रसारण लाइनका लागि २२० केभीको विद्युत् उत्पादन गरिएको उनले बताए। आयोजनाले विभिन्न स्थानमा वनजङ्गल, जग्गालगायतका गरी उक्त जग्गा अधिग्रहण गरेको हो।

उनले भने, “यसबाट प्रत्यक्ष प्रभावमा परेकालाई रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा वितरण गरिनेछ।” उनका अनुसार कृषि सहायतास्वरूप ५९ जनालाई २५ हजारका दरले र करिब ५७ जनालाई जोखिमयुक्त बस्तीअनुरुप क्षतिपूर्ति सहयोग गरिने प्रावधान रहेको छ। 

जग्गा अधिग्रहणपश्चात् भरतपुरसम्मको प्रसारण लाइनको निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाका सहायक निर्देशक शर्माले बताए। 

प्रकाशित मिति: : 2021-04-08 09:18:00

प्रतिकृया दिनुहोस्