फेरि बढ्यो वायु प्रदूषण : वातावरणविद् भन्छन्– योभन्दा झन् नराम्रा दिन भोग्न तयार हुनुपर्छ

लामो खडेरी र डढेलोका कारण तुवाँलो लाग्दा प्रदूषण घातक बन्दै

पूरै देश वायु प्रदूषणको चपेटामा परेको छ। नेपालमा विशेष गरी पुस–माघमा वायु प्रदूषण उच्च रहने गरेकामा यो वर्ष लामो खडेरी र डढेलोका कारण चैतमै तुवाँलो लाग्दा प्रदूषण घातक अवस्थासम्म पुगेको छ।

१३ चैतयता काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो क्षेत्रको आकाशमा तुवाँलो लाग्दा वायु प्रदूषणसमेत बढेको छ। यसबीचमा हल्का वर्षा हुँदा केही क्षेत्रमा तुवाँलो हटे पनि सोमबारबाट फेरि प्रदूषण बढेको हो।

काठमाडौं उपत्यकासहित हेटौँडा, भतपुर र धनगढी क्षेत्रमा प्रदूषण घातक अवस्थामा पुगेको छ। मंगलबार वायुको गुणस्तर सूचकांक (एक्यूआई) प्रतिघनमिटर हावामा रौंभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पीएम–२.५) लाई प्रतिघन्टा अधिकतममा केलाउँदा हेटौंडामा ४६९ सम्म पुगेको छ, जुन घातक मानिन्छ। त्यस्तै, यो सूचकांक काठमाडौं, धनगढी र विराटनगरमा तीन सय नाघेको छ।

प्रकाशित मिति: : 2021-04-07 09:54:00

प्रतिकृया दिनुहोस्