ब्राजिलमा कोरोनाका कारण दैनिक ४ हजार बढीको निधन

ब्राजिलमा कोरोनाको कारण दैनिक मर्नेको संख्या ४ हजार नाघेको छ। यो तथ्यांक अहिलेसम्मकै उच्च हो।

अहिले ब्राजिलका अस्पतालहरू कोरोना संक्रमितले भरिएका छन्। यहाँ थप उपचार गर्ने बेड छैन।

शहरका थुप्रै अस्पताल अस्तव्यस्त बनेका छन् भने देशको स्वास्थ्य व्यवस्था लगभग भत्किएको अवस्थामा पुगेको छ।

हालसम्म यहाँ ३ लाख ३७ हजार मानिसको ज्यान गइसकेको छ। जुन अमेरिकापछि दोस्रो हो।

देशको दूराअवस्था भइसक्दा पनि राष्ट्रपति जाइर बोल्सोनारो लकडाउन लगाउने कुराको विपक्षमा उभिएका छन्। उनको भनाईमा लकडाउन गरिएको खण्डमा देशको अर्थतन्त्रमा ठूलो नोक्सानी हुनेछ। जुन कोरोनाभन्दा भयावह बन्न सक्छ।

मंगलबार मात्र यहाँ ४ हजार १ सय ९५ जनाको निधन भएको थियो। ब्राजिलमा हाल १ करोड ३० लाखको हाराहारीमा कोरोना संक्रमित फेला परिसकेका छन्।

गत मार्चयता ६६ हजार ५ सय ७० जनाको निधन भइसकेको छ। जुन अघिल्लो महिनाभन्दा लगभग डबल हो।

प्रकाशित मिति: : 2021-04-07 08:36:00

प्रतिकृया दिनुहोस्